मंगलबार, १८ वैशाख २०८१

राजर्षि गुरुकुल विद्यालयमा ‘आर जी मार्केट’ सम्पन्न

समयपोष्ट २०७३ फागुन १४ गते ११:४५

राजर्षि गुरुकुल विद्यालयले ‘आर जी मार्केट’ सम्पन्न गरेको छ । विद्यार्थीहरूलाई पठनपाठनका अतिरिक्त नाफा नोक्सान,सामाजिकीकरण,ग्राहक सेवा,बिलिङ आदि सिकाउने उद्देश्यले यस विद्यालयले वार्षिक रुपमा आयोजना गर्ने गरेको यस आर जी मार्केटमा ‘मेड इन नेपाल’,‘इलामेली सप’,‘अर्गानिक आइटम’,‘हेण्डमेड प्रोडक्ड’,‘क्ले हाउस’,‘हेण्डडन डेकोर’,‘नेवारी फुड’ जस्ता १० वटा  स्टलहरु राखिएका थिए । जसमा विशेष गरी विद्यार्थीहरूद्वारा निर्मित हस्तकलाका सामानहरुलाई प्राथमिकता दिइएको थियो। 
विभिन्न स्टलहरुमा चिज,घिउ,छुर्पी,ललिपप,माटाका भाँडा,गरगहना,कपडा,मिठाइ,मह,अग्र्यानिक फलफुल र सागसब्जी,धागो,कागज,कपडा आदिबाट निर्मित सामानहरू,छालाका सामानहरु,विद्यार्थी तथा शिक्षकद्वारा कोरिएका तस्वीरहरू साथसाथै नेवारी खाजा राखिएका थिए । 
विद्यार्थीहरूद्वारा प्याकेजिङ,ट्यागिङ,मूल्य निर्धारण र बिक्री गरिएको उक्त मार्केटमा अभिभावक तथा अन्य आगन्तुकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। 
यसबाट नाफा भएको सम्पूर्ण रकम विद्यालयले राजर्षि गुरुकुल विद्यालयको ‘सोसियल फण्ड’ मा जम्मा गर्ने र उक्त रकम सामाजिक कार्यहरू ( वृद्दाश्रम,वालाश्रम आदिमा सहयोग गर्ने)मा खर्च गर्ने गरेको छ ।
 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री