जनता बैंकको सेयर लिलामीमा
समयपोष्ट
२०७३ फागुन २ गते ८:२५
जनता बैंकले ७ लाख ६७ हजार ५ सय ६२ कित्ता साधारण सेयर लिलामीमा राखेको छ । बैंकले केही समय अघि निष्काशन गरेको ५० प्रतिशत हकप्रदमा नविकेको सेयर लिलामीमा बिक्री गर्ने भएको हो ।बैंकले निष्काशन गरेको ९२.५५ प्रतिशत मात्र बिक्री भएको थियो । हकप्रदमा बिक्री नभएको ७.४५ प्रतिशतको दरले हुन आउने सेयर लिलामीमा राखिएको बैंकले जनाएको छ । केही दिनमा नै सेयर लिलामको सूचना प्रकाशित हुने बैंकले जनाएको छ ।बैंकले कार्तिक १० गतेसम्म सेयर किनेका सेयरधनीहरुलाई मंसिर १ गतेदेखि ५० गत पुस ५ गतेसम्म प्रतिशत हकप्रद सेयर निष्काशन गरेको थियो ।
प्रतिक्रिया