दिव्यश्वरी हाइड्रोको सेयर कारोबार खुल्यो,डिएचपीएल कोडबाट सेयर कारोबार हुने
समयपोष्ट
२०७३ फागुन २ गते ६:१२
नेपाल स्टक एक्सचेञ्जमा सोमबारबाट दिव्यश्वरी हाइड्रोको सेयर कारोबार खुलेको छ । नेप्सेका अनुसार कम्पनीको सेयर कारोबार डिएचपीएल कोडबाट हुने छ । कम्पनीको कारोबार खुल्ने सेयरमूल्य प्रतिकित्ता ११६ रुपैयाँदेखि ३४८ रुपैयाँ तोकिएको नेप्सेले जनाएको छ । कम्पनीले आयोजना प्रभावित तथा सर्वसाधारणका लागि निष्काशन गरेको सेयरसँगै संस्थापक सेयर समेत गरी गत साता २६ लाख ४० हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार गराउन नेप्सेमा सूचिकृत गराएको थियो । दिब्यश्वरी हाइड्रोको समेत कारोबार खुलेपछि नेप्सेमा कारोबार हुने जलविद्युत कम्पनीको संख्या एघार पुगेको छ ।सर्वसाधरणलाई सेयर जारी गरेपश्चात कम्पनीको चुक्ता पुँजी २६ करोड ४० लाख रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया