बुधबार, १९ वैशाख २०८१

एसबिआई बैंकको एफपिओ नतिजा सार्वजनिक , आखिर कतिले पाए सेयर ?

समयपोष्ट २०७३ माघ २४ गते २:२८

नेपाल एसबिआई बैंकले एफपिओ नतिजा सार्वजनिक गरेको छ । बैंकले आइतबार ६७ हजार ७ सय ६७ कित्ता सेयर बाँडफाँड नतिजा सार्वजनिक गरेको हो । बैंकले बाँडफाँड गरेको ६७ हजार ७ सय ६७ कित्ता सेयर पाउँनेमा जम्मा ६ हजार ७ सय ७० जना रहेका छन् । बैंकले जारी गरेको एफपिओमा कुल ५७ हजार बढी आवेदन परेको थियो । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले ६ हजार ७ सय ७० जनालाई सेयर बाँडफाँड गरिएको जानकारी दियो । ११ कित्ता एफपिओ पाउँनेमा सात जना ,१०.८७ कित्ता सेयर एक जना र  ६ हजार ७ सय ७० जना आवेदकले गोलाप्रथाद्धारा १० कित्ता सेयर पाएको एनएमबी क्यािपटलले जनाएको छ । बैंकले पुस १० देखि १३ गतेसम्म प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा ८७१ रुपैयाँ प्रिमियम मूल्य थपेर प्रतिकित्ता ९७१ रुपैयाँका दरले ६७ हजार ७ सय ६७ कित्ता एफपीओ निष्काशन गरेको थियो । 

Advertisement

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री