मंगलबार, १८ वैशाख २०८१

नायिका नम्रता सापकोटासंग अन्तरंग संवाद

समयपोष्ट २०७३ माघ २१ गते १२:५५

प्रेम के हो ?
जिवनका लागि अनिवार्य चिज हो । पे्रम विस्वास हो । 
जिवन के हो ?
संघर्ष । 
प्रेममा सेक्स अनिवार्य छ ?
अनिवार्य  त म भन्दिन तर आवश्यक छ । 
namrata 2

Advertisement

प्रेम प्रश्ताव कत्तिको आउछ ?
आईरा हुन्छ आउन त तर खासै केयर हुदैन । 
आफु कत्तिको सेक्सी छु जस्तो लाग्छ ?
सेक्सी भन्दा पनि म ग्लामर छु जस्तो लाग्छ ।
मन पर्ने आफ्नो शरिरको कुनै अंग ?
आँखा ।
केटाहरुको कुन अंगले तपाँइलाई आकर्षण गर्छ ?
अंगले भन्दा पनि मलाई बोली र व्यवहारले अट्रयाक्सन गर्छ । 

 ड्रिम बोय कस्तोहोस् भन्ने चाहाना राख्नुहुन्छ ?
राम्रो बोली व्यवहार भएको सबैलाई सम्मान गर्न सक्ने खालको होस् भन्ने लाग्छ । 
भाग्यमा विस्वास गर्नुहुन्छ वा कर्ममा ?
कर्म गर्ने हो तर भाग्य पनि चाहिन्छ नै । 
नेपाली अभिनेताको फ्यान ?
राजेश हमाल र शिव श्रेष्ठ । 
आदर्श व्यक्ति ?
मेरा आमा बाबा र फिल्म लाईनमा अग्रजहरु सबै । 
नेपालको मनपर्ने ठाँउ कुन हो ?
दामन,जोमसोम र पोखरा । 
namrata sapokta

 बलिउडको कुन नायक संग अभिनय गर्ने ईच्छा छ ?
रणविर कपुर र ऋतिक रोसन । 
सबैभन्दा बढी विस्वास के मा गर्नुहुन्छ ?
आफैमा । 
झुट कत्तिको बोल्नुहुन्छ ? 
बोल्छु कहिलेकाँहि ।
जिवनमा सफलताको सुत्र के हो ?
आत्मविस्वास । 
भविष्यको सपना के छ ?
राम्रो कलाकार बन्ने र सानो र सुखी जिवन विताउने । 

namrata-sapkota


 

प्रतिक्रिया

सम्बन्धित सामाग्री