आइतबार, २३ वैशाख २०८१

तिहार अगावै पटाका भित्रिदै

समयपोष्ट २०७५ भदौ १९ गते ९:१२

हिन्दूको महान चाड तिहारलाई लक्षित गरी तस्करहरुले अहिलेदेखि नै पर्सा तथा बारा जिल्लाको विभिन्न नाकाबाट पटका भित्र्याउने क्रम शुरु गरेका छन् । नेपाल–भारतबीच रहेको खुल्ला नाकाको फाइदा उठाउँदै तस्करले सो नाकामा रहेका सुरक्षाकर्मीबाट लुकाइछिपाई ठूलो परिमाणमा पटाका भित्र्याउने गरेको छ ।

Advertisement

तस्करहरुले पर्साको भिस्वा, सिकटा, भेलाइ, इनर्वा, जानकीटोला, ठोरी, सिर्सिया तथा बारा जिल्लाको मटिअर्वा, सिमरौनगढ, कचौर्वालगायतका नाकाबाट पटाका ल्याउने गरेको देखिन्छ । आउँदो कात्तिकमा हुने तिहार पर्वलाई लक्षित गरी तस्करहरुले अहिलेदेखि नै सीमा नाकामा रहेका प्रहरीलाई आफ्नो पक्षमा पारेर पटाकाको व्यापक तस्करी गर्ने गरेका छन् ।

भारतको रक्सौल आदापुर, सिक्टालगायतका भारतीय बजारबाट ती पटाका वीरगञ्ज, कलैयालगायतका नेपाली बजारसम्म पु¥याएबापत सम्बन्धित व्यापारीसँग ५० प्रतिशत तथा काठमाडौंँसम्म पु¥याएबापत २०० प्रतिशतसम्म लिने गरेको व्यापारीहरु बताउँछन् ।

नेपाल भारत सीमा क्षेत्रमा रहेको सुरक्षाकर्मीको ध्यान अर्कैतिर गएको मौकाछोपी तथा तिहार अगावै पटाका ल्याउँदा प्रहरीको ध्यान नजाने भएकाले अहिले नै पटाका ल्याउने उपयुक्त समय भएको ती तस्करको भनाइ छ ।

अति प्रज्ज्वलनशील पदार्थको रुपमा रहेको पटाका नेपाल भित्रिने गरेको बारे प्रहरी अधिकारी बेखबर रहेका छन् । खासगरी भारतबाट आउने मालबाहक सवारीसाधन, जीप, कार, टाँगाजस्ता गाडीमा पटाका लुकाइछिपाई ल्याउने गरेको देखिन्छ ।

Advertisement

सीमा नाकाबाट अवैधरुपमा भारतबाट पटाका आउने गरेकोबारे जिज्ञासा राख्दा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले सीमा क्षेत्रमा रहेका मातहतका सुरक्षाकर्मीलाई पटाकामा व्यापक रोक लगाउन निर्देशन दिइएको बताउनुभयो । बारा र पर्सा जिल्लासँग जोडिएका ग्रामीण क्षेत्रका नाकाबाट नेपाल भित्रिने सवारीसाधनमा तस्करले पटाका ल्याउँदा करोडौँ रुपैयाँ विदेशिनुको साथै लाखौँ रकमको कर छली भएको छ ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री