मंगलबार, १८ वैशाख २०८१

युएस ओपनः फेडरर र सारापोभा पराजित

समयपोष्ट २०७५ भदौ १९ गते ६:४९

न्यूयोर्क, अमेरिकी ओपन लनटेनिस प्रतियोगिता अन्तर्गत मङ्गलबार भएका खेलमा चर्चित टेनिस खेलाडीहरु रोजर फेडरर र मारिया सारापोभा पराजित भएका छन् ।

Advertisement

विश्व बरियतामा नं. २ का खेलाडी एवं पाँच पटकका युएस च्याम्पियन फेडरर विश्व नम्बर ५५ का अस्ट्रेलियाली खेलाडी जोन म्याकमिलनसँग पराजित भए । फेडररलाई म्याकमिलनले ३–६, ७–५, ७–६, ७–६ ले पराजित गरे ।

युएस ओपनमा फेडेरर यसअघि सन् २०१३ मा टम्मी रोब्रेडोसँग चौथो राउन्डमा पराजित भएका थिए । विजयी भएलगत्तै म्याकमिलनले फेडेरर आफ्ना लागि जहिल्यै आदर्श व्यक्ति र हिरो रहेको प्रतिक्रिया दिए ।

अर्को खेलमा सन् २००६ की युएस च्याम्पियन मारिया सारापोभा कार्ला युआरेज नाभार्रोसँग पराजित भइन् । स्पेनिस खेलाडी कार्लाले सारापोभालाई ६–४, ६–३ को सोझो सेटमा पराजित गरेकी थिइन् । सारापोभाले यसअघि सन् २०१४ मा पछिल्लो पटक सबैभन्दा ठूलो प्रतियोगिता फ्रेन्च ओपन जितेकी थिइन् । रासस/एएफपी

प्रतिक्रिया

सम्बन्धित सामाग्री