मंगलबार, १८ वैशाख २०८१

लक्ष्मी बैंकले प्रस्ताव गर्यो ३८ प्रतिशत बोनस

समयपोष्ट २०७३ पुष २८ गते १०:४५

लक्ष्मी बैंकले गत आर्थिक बर्षको मुनाफाबाट ३८ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ । बैंकको पुष २७ गते बसेको संचालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैंकले हाल कायम चुक्ता पूँजीमा उक्त परिमाणको बोनस सेयर प्रस्ताव गरेको हो ।

Advertisement

बैंकले प्रस्ताव गरेको बोनस राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारणसभाबाट पारित भएपछि लगानीकर्तालाई वितरण गरिनेछ । प्रोफेसनल दियालो विकास बैंकलाई एक्वायर गर्ने प्रक्रियमा रहेको बैंकले त्यसपश्चात जारी गर्ने शतप्रतिशत हकप्रद समेतलाई समायोजन गर्दा बोनस १८.२९ प्रतिशत हुने स्पष्ट पारेको छ ।बैंकले यसअघिनै प्रोफेसनल दियालो विकास बैंकलाई एक्वायर गर्ने प्रस्ताव पारित गरिसकेको छ । एक्वायर पश्चात कायम पुँजीको शतप्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पनि विशेष साधारणसभाबाट अनुमोदन गराईसकेको छ । विशेष साधारणसभाले प्रोफेशनल दियालो विकास बैंकको प्रति शेयर मूल्य लक्ष्मी बैंक लिमिटेडको प्रति शेयर मूल्यको ५० प्रतिशत रहने मूल्यांकन पारित गरेको थियो । जस अनुसार प्रोफेशनल दियालो विकास बैंकका सय कित्ता सेयर हुनेले लक्ष्मी बैंकको पचास कित्ता सेयर पाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री