मंगलबार, १८ वैशाख २०८१

प्रथम स्वीस-नेपाल बिज्ञान प्रबिधि हस्तान्तरण कार्यशाला शुरु

समयपोष्ट २०७३ पुष २५ गते ७:५०

प्रथम स्वीस(नेपाल बिज्ञान प्रबिधि हस्तान्तरण कार्यशाला आजदेखी राजधानीमा शुरु भएको छ । स्वीजरल्याण्डमा अध्ययनरत नेपाली बिद्यार्थिहरुको संगठन नेपसासले नेपालस्थित स्वीजरल्याण्डको राजदुताबास र गेट्स कलेजसँगको सहकार्यमा नेपालमा पहिलोपटक आयोजना गरेको हो । 

Advertisement

आज देखी ९जनवरी ९  देखी १२० तीन दिनसम्म चल्ने कार्यशाला गेट्स कलेजमा संचालन हुने समाचारमा जनाईएको छ । 

कार्यशालामा स्बीस कुजिनहरु  र स्वीस हस्पिटालिटी ९स्बीस खानाका परिकारहरु र आतिथ्य शैली० बारे बिबिध प्रस्तुतिहरु रहने बताइएको छ ।

नेपाल र स्वीजरल्याण्ड बिच साझा अवसर र चुनौतीहरु पहिचान गरी आपसमा प्रबिधि आदानप्रदान गर्ने मुख्य उदेश्य सहित आयोजना गरिएको कार्यशालाको स्थानीय साझेदारका रुपमा नेपाल बायो(टेक्नोलोजी सोसाईटी र पुल्चोक इन्जिनियरिङ कलेज रहेका छन् ।

कार्यशालाले बिद्यार्थिहरु र प्रबिधिमा अभिरुचिभएकाहरुलाई स्थानीय तथा बिदेशबाट अनलाईन कन्सल्टेशनकालागि उपलब्ध मेन्टर तथा बिशेषज्ञहरु सँग प्रत्यक्ष अन्तर्कृयाको अवसर समेत प्रदान गर्ने बताइएको छ । 

बिशेषज्ञहरुले बायो टेक्नोलोजी, फिजिक्स, इन्जिनियरिङ, स्पेस साइन्स, कम्प्युटर साइन्स  तथा सूचना प्रबिधि लगायतका बिज्ञान र प्रबिधिको बिबिध बिधाको फराकिलो दायरामा रहेर ज्ञान सीप र अनुभव आदान प्रदान गर्ने बताइएको छ ।

कार्यशालामा ब्यवस्थापन तथा समाजशास्त्र संकायका बिद्यार्थिहरुलेपनि आफ्ना बिकास समबन्धि अबधारणाहरु प्रस्तुत गर्न सक्ने बताइएको छ ।

आबेदन दिएका सयौं सहभागिहरु मध्येबाट ५० जना लाई कार्यशालामा प्रतियोगिका रुपमा छनौट गरीने बताइएको छ । जसमध्ये सहभागि हरुको अबधारणा कार्यपत्र र मेन्टरको बिषय दक्षताको आधारमा तीन दिनसम्म काम गर्नुपर्ने छ ।
 
कार्यशालामा निर्णायकले छनौट गरेका कार्यपत्र र अबधारणा लाई पुरस्कृत गरीने छ भने स्थानीय साझेदारसँग सहकार्यगरी नेपाल र स्वीजरल्याण्डमा कार्यान्वयन गरीने बताइएको छ । योजना कार्यन्वयनका लागि स्वीस सरकारले आर्थिक सहयोग गर्ने बताइएको छ । 
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री