उपत्यकाका निर्माणाधिन सडकको म्याद एक वर्ष थप, यी सडक बन्न अझै कति कुर्नुपर्ला ?
समयपोष्ट
२०७५ साउन ६ गते ५:०२
उपत्यकाका निर्माणाधिन सडकको म्याद एक वर्ष थप गरिएको छ । सर्वोच्च अदालतले उचित मुआब्जा दिएर मात्रै सडक विस्तार गर्न आदेश दिएपछि म्याद एक वर्ष थप गरिएको हो ।
यससंगै राजधानीको मूख्य प्रवेशदवार नागढुंगा -कंलकी-त्रिपुरेश्वर (१२.५ किमी),चावहिल-जोरपाटी-साँखु (१२.५ किमी),लगनखेल-सातदोबाटो (८ सय मिटर),इमाडोल-सिद्धिपुर-गोदावरीखोला-लामाटार सडक (७.२ किमी),ढोलाहिटी-सुनाकोठी-चापागाउ-सरस्वतीकुण्ड करिव (१३ किमी),कर्मनाशा खोला-हरिसिद्धी-गोदावरी (७.६ किमी),जोरपाटी-सुन्दरीजल (७ किमी),नख्खुखोला-भैसेपाटी बुङमती (५.५० किमी),चक्रपथ-ज्ञानज्योति गणेश- विद्धतमार्ग (०.७४२किमी),पेप्सिकोला-सल्लाघारी सडक विस्तार (४.५ किमी)सडकको म्याद एक वर्ष थप गरिएको छ ।
ठेकेदार कम्पनीका अनुसार सडकको ‘रार्इट अफ वे’ क्लियर गरेर दिन नसकिएकाले समय थपिदिएको हो ।
प्रतिक्रिया