रोयल इन्फिल्डको नयाँ मोडल बजारमा (फोटोफिचर)
बेलायतबाट सुरुवात भएको रोयल इन्फिल्ड मोटरसाईकलले चर्चित मोडल क्लासिक ३५० को तिनवटा नयाँ मोडल बजारमा लञ्च गरेको छ । यि तिनवटै मोडललाई कम्पनीले रेडिच रेड ,रेडिच ग्रिन र रेडिच ब्लुमा लञ्च गरेको हो । यि मोटरसाईकलहरुलाई द्धितिय विश्व युद्ध पछि बनेका ब्रिटिस मोटरसाईकलको लुक्समा तयार गरिएको छ ।
नयाँ सिरिजका यि मोटरसाईकलहरुमा १९ bhp पावर ,२८ एन एम टर्क दिने ३५० cc का सिंगल सिलिंडर,एयर कुल्ड इञ्जिन राखिएको छ । यि मोटरसाईकलले ४० देखि ४५ किलोमिटर प्रति लिटरको दरले माइलेज दिन्छन । अघिल्लो मोडलजस्तै यसमा १९ ईञ्चको फ्रण्ट विह्ल र १८ ईञ्चको रियर विह्ल राखिएको छ । कलर बाहेक नयाँ मोडलका यि तिन मोटरसाईकलमा अन्य कुरा समान रहेको छ ।
यि मोटरसाईकलहरुको मुल्य दिल्लीमा १,४६,०९३ रुपैयाँ ,मुम्बईमा १.५७ लाख ,चेन्नाईमा १.५५ लाख र हैदरावादमा १.४० लाख रुपैयाँ तोकिएको छ ।
प्रतिक्रिया