सोमबार, ३ कार्तिक २०८२

सुनकोशीमा डुबेर सात वर्षीया बालिका बेपत्ता

समयपोष्ट २०८२ कार्तिक ३ गते २०:२९


उदयपुरको त्रियुगा नगरपालिका–१४ स्थित ढुङ्ग्रेका सात वर्षीया बालिका सुनकोशी नदीमा नुहाउने क्रममा बेपत्ता हुनुभएको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालयकाअनुसार स्थानीय अर्जुन तामाङको सात वर्षीया छोरी अनुसा तामाङ डुबेर बेपत्ता हुनुभएको हो । त्रिनपा–१४ का वडाध्यक्ष हेमराज मगरका अनुसार आज दिउँसो साथीहरुसँग सुनकोशीमा नुहाउन जानुभएकी अनुसा पौडी खेल्न नदीमा पस्दा बेपत्ता हुनुभएको हो ।

घटनालगत्तै प्रहरीलाई खबर गरेकामा प्रहरीले खोजी जारी राखेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केदारमान दोङले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री