सोमबार, ३ कार्तिक २०८२

नर्सहरूको समस्या समाधानका लागि उच्चस्तरीय समिति गठन, सात कार्य दिनभित्र प्रतिवेदन पेस गरिने

समयपोष्ट २०८२ कार्तिक ३ गते १८:०९

Advertisement

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नर्सहरूको सेवा सुविधा, कार्य वातावरण र अन्य समस्याहरूको दीर्घकालीन समाधान खोज्न १४ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ।

प्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री सुशीला कार्कीले कात्तिक २ गते मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव प्रा.डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा सरोकारवालाहरू सम्मिलित यो समिति गठन गरेकी हुन्।

समितिलाई सात कार्य दिनभित्र नर्सहरूका समस्याहरूको समाधानका लागि ठोस सुझावसहितको प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ। लामो समयदेखि नर्सिङ पेसामा देखिएका चुनौतीहरूको स्थायी समाधान खोज्ने उद्देश्यले यो कदम चालिएको मन्त्रालयले जनाएको छ।

कात्तिक २ गते बसेको समितिको पहिलो बैठकले नर्सहरूले उठाएका मुद्दाहरूको गहन अध्ययन र समाधानका लागि महत्त्वपूर्ण निर्णयहरू गरेको छ। आन्दोलनरत नर्सहरूका माग र समस्याहरूको स्थलगत अनुगमन तथा छलफल गर्न सातवटै प्रदेशमा अनुगमन समितिहरू गठन गरिएको छ।

Advertisement

यी समितिहरू नेपाल नर्सिङ सङ्घको संयोजकत्वमा रहनेछन्, जसमा सम्बन्धित प्रदेशको स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि र आन्दोलनरत नर्सहरूका प्रतिनिधिहरूको सहभागिता रहनेछ।

समितिलाई छोटो समयावधि दिइएकोले भर्चुअल र भौतिक दुवै माध्यमबाट निरन्तर छलफल गर्ने सहमति भएको छ। समस्याहरूको स्थायी समाधानका लागि समितिका सबै सरोकारवाला सदस्यहरूको सक्रिय सहभागिता र सहमति आवश्यक रहेकोमा जोड दिइएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री