देउसीभैलो राति ९ बजेसम्म मात्र खेल्न पाइने
जिल्ला प्रशासन कार्यालय काठमाडौंले तिहारको अवसरमा देउसीभैलो कार्यक्रम राति ९ बजेसम्म मात्र खेल्न पाइने व्यवस्था गरेको छ।
प्रशासनले आज जारी गरेको विज्ञप्तिमा राति ९ बजेपछि देउसीभैलो खेल्न पूर्ण रूपमा रोक लगाइएको उल्लेख छ।
प्रशासनले देउसीभैलो लगायतका सांस्कृतिक कार्यक्रमहरूलाई मर्यादित र शान्तिपूर्ण रूपमा सञ्चालन गर्न सबैमा आग्रह गरेको छ। साथै, खेल्दा कुनै पनि ठाउँबाट गुनासो नआउने गरी मात्र आयोजना गर्न निर्देशन दिएको छ। सार्वजनिक सडक तथा आवागमन हुने मार्गहरू अवरोध हुने गरी देउसीभैलो खेल्न नपाइने सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जानकारी दिएका छन्।
यसैगरी, तिहारको समयमा पटका लगायतका विष्फोटक पदार्थहरूको बिक्री–वितरण, प्रयोग र भण्डारणमा पनि पूर्ण प्रतिबन्ध लगाइएको छ। प्रशासनले यस्ता गतिविधिहरूले सार्वजनिक शान्ति र सुरक्षामा असर पार्न सक्ने भन्दै कडाइका साथ अनुगमन गर्ने जनाएको छ।
प्रतिक्रिया