अमेरिकी पासपोर्ट शीर्ष १० बाट बाहिर, सिंगापुर शीर्ष स्थानमा
नेपालको पासपोर्ट १०१औँ स्थानमा
हेनले पासपोर्ट इन्डेक्स २०२५ अनुसार अमेरिकी पासपोर्ट विश्वका सबैभन्दा शक्तिशाली पासपोर्टहरूको शीर्ष १० सूचीबाट बाहिरिएको छ।
यो इन्डेक्सका अनुसार अमेरिकी पासपोर्ट १२औँ स्थानमा झरेको छ, जुन विगत २० वर्षमा पहिलोपटक भएको हो। अमेरिकी पासपोर्टवाहकहरूले २२७ मध्ये १८० देशमा भिसाबिना प्रवेश गर्न सक्छन्।
सिंगापुरको पासपोर्ट विश्वको सबैभन्दा शक्तिशाली पासपोर्ट बनेको छ। दोस्रो स्थानमा दक्षिण कोरिया र तेस्रो स्थानमा जापान रहेका छन्। यी देशका पासपोर्टवाहकहरूले क्रमशः धेरै देशहरूमा भिसाबिना यात्रा गर्न सक्ने सुविधा प्राप्त गरेका छन्।
नेपालको पासपोर्ट इन्डेक्समा १०१औँ स्थानमा यथावत् रहेको छ। नेपाली पासपोर्टवाहकहरूले ३६ देशमा अनअराइभल भिसा सुविधा पाउँछन्। यता, भारतीय पासपोर्ट भने ७७औँ स्थानमा उक्लिएको छ। भारतीय नागरिकहरूले ५९ देशमा अनअराइभल भिसा प्राप्त गर्न सक्छन्।
यो इन्डेक्सले विश्वभरका पासपोर्टहरूको भिसा-मुक्त पहुँच र यात्रा स्वतन्त्रताको आधारमा मूल्यांकन गर्दछ।
प्रतिक्रिया