मंगलबार, २८ असोज २०८२

जिल्ला अदालत काठमाडौँमा महराको बयान सुरु

समयपोष्ट २०८२ असोज २८ गते १२:४३

Advertisement

पूर्व सभामुख कृष्ण बहादुर महराविरुद्धको सुन तस्करी मुद्दामा काठमाडौँ जिल्ला अदालतमा बयान सुरु भएको छ। न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासमा मंगलबार उनको बयान प्रारम्भ भएको हो।

जिल्ला सरकारी वकिल कार्यालयले सोमबार काठमाडौँ जिल्ला अदालतमा महराविरुद्ध अभियोग पत्र दर्ता गरेको थियो। उनलाई ८ करोड ५५ लाख बिगो र ३ वर्ष कैद सजाय माग दाबी गरिएको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आइतबार महरालाई ललितपुरको खुमलटारबाट पक्राउ गरेको थियो। २०७९ पुस १० मा चिनियाँ नागरिक ली हासोङ्गले इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुन तस्करीमा संलग्न रहेको कसुरमा महरालाई पूरक अभियोगमा एकमात्र प्रतिवादी कायम गरिएको छ।

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले महरालाई सुन तस्करीमा दोषी ठहर गर्दै पुनः मुद्दा चलाउन सिफारिस गरेको थियो।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री