शेयर धितो कर्जामा २५ करोडको सीमा हट्यो
समयपोष्ट
२०८२ असोज २२ गते २१:२८
नेपाल राष्ट्र बैङ्कले एकीकृत निर्देशन, २०८१ मा संशोधन गरी शेयर धितो कर्जाको एकल ग्राहक कर्जा सीमा हटाएको छ। यसअघि कायम रहेको अधिकतम २५ करोड रुपैयाँको सीमा अब लागू हुने छैन।
शेयर लगानीकर्ताहरूले लामो समयदेखि यो सीमा हटाउन माग गर्दै आएका थिए। पुँजी बजार सुधारका लागि गठित कार्यदलले समेत यो सीमा हटाउन सुझाव दिएको थियो। सोही सुझावलाई कार्यान्वयन गर्दै राष्ट्र बैङ्कले यो निर्णय गरेको हो।
यसअघि, कुनै एक वा सबै इजाजतपत्र प्राप्त बैङ्क तथा वित्तीय संस्थाहरूबाट शेयर धितोमा प्रदान गरिने मार्जिन प्रकृतिको कर्जाको एकल ग्राहक सीमा कुल २५ करोड रुपैयाँ तोकिएको थियो। बैङ्क तथा वित्तीय संस्थाहरूले कर्जा प्रवाह वा नवीकरण गर्दा यो सीमा ननाघिएको सुनिश्चित गर्नुपर्ने प्रावधान थियो।
प्रतिक्रिया