सागर डिष्टिलरीको आईपीओ बाँडफाँट सम्पन्न, १ लाख १९ हजार ६४ आवेदकले पाए शेयर
सागर डिष्टिलरी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बाँडफाँट सम्पन्न भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालयमा गोलाप्रथा प्रक्रियामार्फत आईपीओ बाँडफाँट गरिएको हो।
कम्पनीले भदौ ३०, २०८२ देखि असोज ९, २०८२ सम्म सर्वसाधारण लगानीकर्ताहरूका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ११ लाख ९० हजार ६४० कित्ता शेयर निष्काशन गरेको थियो। जसको कुल मूल्य ११ करोड ९० लाख ६४ हजार रुपैयाँ रहेको छ।
निष्काशनमा कुल २२ लाख २७ हजार ५०३ जनाले २ करोड ४२ लाख ८० हजार ५८० कित्ता शेयरका लागि आवेदन दिएका थिए। तीमध्ये २१ लाख ९३ हजार ८२३ वटा आवेदन स्वीकृत भएका छन् भने बाँकी आवेदनहरू रद्द भएका छन्। मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथामार्फत बाँडफाँट गरिएको हो।
गोलाप्रथाको नतिजाअनुसार १ लाख १९ हजार ६४ जना आवेदकले १० कित्ताका दरले सागर डिष्टिलरीको शेयर प्राप्त गरेका छन्। आईपीओको नतिजा केही समयपछि https://iporesult.cdsc.com.np/ मा गएर हेर्न सकिनेछ।
प्रतिक्रिया