सोमबार, ३ कार्तिक २०८२

मन्त्री घिसिङ र बेलायती राजदूतबीच भेटवार्ता, ऊर्जा र पूर्वाधारमा सहकार्यबारे छलफल

समयपोष्ट २०८२ असोज ७ गते १३:१४

Advertisement

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ र नेपालस्थित बेलायतका राजदूत रब फेनबीच शिष्टाचार भेटवार्ता भएको छ। सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको भेटमा राजदूत फेनले नवनियुक्त मन्त्री घिसिङलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे।

भेटमा नेपाल र बेलायतबीचको ऐतिहासिक मित्रता, ऊर्जा क्षेत्रमा बेलायतको सहयोग, पूर्वाधार विकासमा लगानीको सम्भावना, जलवायु परिवर्तनका समस्याहरू न्यूनीकरणका उपाय र सहकार्यका विविध विषयमा छलफल भएको थियो।

मन्त्री घिसिङले जेन-जी आन्दोलनपछि गठन भएको सरकारको प्राथमिकताबारे जानकारी दिँदै आन्दोलनबाट क्षति भएका संरचनाको पुनर्निर्माण, आम चुनाव र सुशासन कायम गर्नु मुख्य लक्ष्य रहेको बताए। उनले बेलायतले नेपालको आर्थिक विकासमा पुर्‍याएको सहयोगको प्रशंसा गर्दै कार्बनरहित नेपाल निर्माणका लागि विद्युतीय सवारी साधनको प्रयोग वृद्धि गर्न चार्जिङ स्टेसन स्थापनामा भइरहेको सहयोग प्रभावकारी भएको उल्लेख गरे।

यसैगरी, मन्त्री घिसिङले बेलायतमा सफल मानिएको सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेललाई नेपालमा लागू गर्ने, ग्रीन हाइड्रोजन उत्पादन, जलवायु परिवर्तनले हिमताल विस्फोटको जोखिम अध्ययनलगायत क्षेत्रमा सहयोगका लागि आग्रह गरे।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री