शनिबार, १ कार्तिक २०८२

आजदेखि एसवाई प्यानल नेपालको आईपीओ निष्काशन

समयपोष्ट २०८२ असोज ७ गते १०:२९

Advertisement

एसवाई प्यानल नेपाल लिमिटेडले आज असोज ७ गतेदेखि उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गरेको छ। कम्पनीले भदौ २९ गतेदेखि निष्काशनको तयारी गरे पनि विषम परिस्थितिका कारण आजदेखि शेयर निष्काशन शुरु गरेको हो।

कम्पनीको जारी पूँजी १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० रुपैयाँ मध्ये ४० प्रतिशत अर्थात् ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरको ५२ लाख ३२ हजार ५४८ कित्ता साधारण शेयर निष्काशनको अनुमति प्राप्त भएको छ। यसमा उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि २ प्रतिशत अर्थात् २ लाख ६१ हजार ६२९ कित्ता शेयर, जुन २ करोड ६१ लाख ६२ हजार ७०० रुपैयाँ बराबर हो, छुट्याइएको छ। यो शेयर चितवन जिल्लाको रत्ननगर नगरपालिकाका सम्पूर्ण वडाका बासिन्दाहरुले आवेदन दिन सक्नेछन्। त्यस्तै, सर्वसाधारणका लागि छुट्याइएको शेयरको १० प्रतिशत अर्थात् ४ लाख ९७ हजार ९२ कित्ता शेयर, जुन ४ करोड ९७ लाख ९ हजार २०० रुपैयाँ बराबर हो, नेपाल सरकारबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीहरुका लागि निष्काशन गरिनेछ। कम्पनीले आफ्ना कर्मचारीहरुका लागि १ लाख ४९ हजार १२७ कित्ता र सामूहिक लगानी कोषहरुका लागि २ लाख ४८ हजार ५४६ कित्ता शेयर सुरक्षित गरेको छ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। स्थानिय बासिन्दाहरुका लागि निष्काशन छिटोमा असोज २१, २०८२ र ढिलोमा कात्तिक ९, २०८२ सम्म बन्द हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन छिटोमा असोज १०, २०८२ र ढिलोमा असोज २१, २०८२ सम्म बन्द हुनेछ। स्थानिय बासिन्दाहरुले एसवाई प्यानल नेपाल (रत्ननगर, चितवन), प्रभु क्यापिटल (कमलादी), प्रभु क्यापिटलको अनलाइन लिंक, प्रभु बैंकको सौराहा र टाँडी शाखा मार्फत आवेदन दिन सक्नेछन्। आवेदन फारामका लागि २ रुपैयाँ शुल्क लाग्नेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखाहरु मार्फत आवेदन दिन सक्नेछन्।

इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री