बुधबार, २९ असोज २०८२

काठमाडौंमा बजाजको ‘ग्राण्ड एक्सचेन्ज कार्निभल’ : पुराना मोटरसाइकल साटेर नयाँ लैजानुहोस्

समयपोष्ट २०८२ असोज ४ गते ८:२७

Advertisement

नेपालमा सर्वाधिक रुचाइएको मोटरसाइकल ब्रान्ड बजाजले काठमाडौंको भृकुटीमण्डपमा ‘ग्राण्ड एक्सचेन्ज कार्निभल’ आयोजना गरेको छ। असोज ३ गतेदेखि सुरु भएको यो मेला असोज ८ गतेसम्म चल्नेछ। यो कार्निभलमा ग्राहकले आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर सजिलै साटेर नयाँ बजाज मोटरसाइकल खरिद गर्न सक्नेछन्।

यो योजनाअन्तर्गत ग्राहकले २२ भन्दा बढी मूल्याङ्कनकर्ताहरूबाट आफ्नो पुरानो सवारीको उच्चतम मूल्य प्राप्त गर्न सक्नेछन्। साथै, १० हजारसम्मको अतिरिक्त मूल्याङ्कन, आकर्षक नगद छुट, नि:शुल्क एक्सेसरीज र तत्काल फाइनान्स सुविधा उपलब्ध हुनेछ। मेलामा सहभागी हुने ग्राहकले प्रत्येक दिन आयोजना हुने लक्की ड्रमार्फत ५० हजारसम्म जित्ने अवसर पाउनेछन्। ‘चेतक एक्सपिरियन्स जोन’ मा बजाजको नयाँ इलेक्ट्रिक स्कुटर चेतकको अनुभव लिन सकिनेछ। जुनसुकै ब्रान्डका पुराना मोटरसाइकल वा स्कुटर ल्याएर तत्कालै नयाँ बजाज मोटरसाइकल खरिद गर्न सकिनेछ।

फाइनान्स प्रक्रियालाई सरल बनाइएको छ। अब ग्राहकले नागरिकताको आधारमा नै फाइनान्स गर्न सक्नेछन्। घरजग्गाको लालपुर्जा, बिजुली वा पानीको बिल, आय स्रोतको प्रमाणपत्रजस्ता कागजातको आवश्यकता पर्नेछैन। शून्य सर्भिस चार्ज र सरल किस्ताबन्दीमा मोटरसाइकल खरिद गर्न सकिने सुविधाले ग्राहकलाई थप सहजता प्रदान गर्नेछ।

बजाजले चाडबाडलाई लक्षित गर्दै ‘बजाज प्रिमियर लिग (बिपिएल)’ पनि सार्वजनिक गरेको छ। यसअन्तर्गत ग्राहकले जति धेरै रन, त्यति धेरै पुरस्कार प्राप्त गर्नेछन्। सातै प्रदेशबाट प्रत्येक हप्ता ५० हजार नगद उपहार, ‘प्लेयर अफ द विक’ बन्ने ग्राहकलाई १ लाख नगद र चर्चित क्रिकेटरसँग भेट्ने विशेष अवसर प्रदान गरिनेछ।

Advertisement

हंसराज हुलासचन्द एण्ड कम्पनीले चाडबाडको अवसरमा ग्राहकलाई सुलभ, सहज र पारदर्शी सेवा प्रदान गर्ने उद्देश्यले यस्ता एक्सचेन्ज कार्यक्रम निरन्तर आयोजना गर्दै आएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री