दशैँ–तिहारमा टाटा जेन्युइन पार्ट्सको विशेष अफर: क्यासब्याक र बम्पर उपहारको अवसर
टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स प्रालिले टाटा जेन्युइन पार्ट्स, टाटा अटोमोटिभ फ्लुइड्स र टाटा ड्युराफिट पार्ट्सको विश्वसनीयता कायम राख्दै ग्राहकहरूका लागि विशेष अफर सार्वजनिक गरेको छ। व्यावसायिक सवारी प्रयोगकर्ताहरूको पहिलो रोजाइ बनेको टाटा जेन्युइन पार्ट्सको खरिदमा आकर्षक उपहार प्रदान गर्न कम्पनीले “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला” योजना ल्याएको हो।
देशमा हालैको संवेदनशील परिस्थितिका कारण स्थगित भएको यो योजनालाई दशैँ, तिहार र छठ पर्वको अवसरमा पुनः सुरु गरिएको छ। यो योजनाअन्तर्गत ग्राहकहरूले प्रत्येक खरिदमा ग्यारेन्टीसहित १,००० रुपैयाँसम्मको क्यासब्याक कुपन प्राप्त गर्नेछन्। साथै, लक्की ड्रमार्फत बम्पर उपहारसहित विभिन्न आकर्षक पुरस्कार जित्ने अवसर पनि प्रदान गरिएको छ।
पुरस्कार योजनामा १,००,००० रुपैयाँभन्दा बढीको खरिदमा १५० सिसिको बजाज पल्सर बम्पर उपहार, ७५,००० रुपैयाँभन्दा बढीको खरिदमा १२५ सिसिको टिभिएस स्कुटर, २५,००० रुपैयाँभन्दा बढीको खरिदमा स्मार्ट टिभी र ५,००० रुपैयाँभन्दा बढीको खरिदमा स्मार्टफोन जित्ने अवसर रहेको छ।
टाटा जेन्युइन पार्ट्सले गाडीको इन्जिन, ब्रेक, क्लचजस्ता महत्वपूर्ण अंगहरूको दीर्घकालीन संरक्षण सुनिश्चित गर्नुका साथै मर्मत खर्चमा बचत र गाडीको समग्र प्रदर्शनमा गुणस्तरीय सुधार ल्याउँछ। यी पार्ट्सले सवारीसाधनको आयु र कार्यक्षमता वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्छन्।
सिप्रदी अटोपार्ट्सले ग्राहकको विश्वासलाई अझ बलियो बनाउन र पर्वको रौनक थप्न यो विशेष योजना ल्याएको जनाएको छ। यो अफरले सवारीसाधन प्रयोगकर्ताहरूलाई गुणस्तरीय पार्ट्सको प्रयोगसँगै आकर्षक उपहार जित्ने अवसर प्रदान गर्ने कम्पनीको विश्वास छ।
प्रतिक्रिया