मंगलबार, ४ कार्तिक २०८२

आईपीओ निष्काशन गर्दै बाजेको सेकुवा

समयपोष्ट २०८२ भदौ १३ गते ११:००

Advertisement

बाजेको सेकुवा कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने तयारी गरेको छ।

कम्पनीले भदौ ७ गते बसेको बैठकले आईपीओ निष्काशनसहित विभिन्न विषयमा छलफल गर्न १६ औं वार्षिक साधारणसभा आह्वान गरेको हो। सभा असोज २ गते बिहीबार दिउँसो ३ बजे बत्तीसपुतलीस्थित कम्पनीको कार्यालयमा आयोजना हुनेछ।

साधारणसभामा वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने, परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाबाट आवश्यक कर्जा लिने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने र अन्य कम्पनीसँग मर्जर गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्तावमाथि छलफल हुनेछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री