सोमबार, १९ साउन २०८२

लिचि बगैंचा घुस प्रकरण : मन्त्री मन्त्री गुप्तासंग जोडिएका सुजन लामा एमालेबाट निलम्बित

समयपोष्ट २०८२ साउन १८ गते १८:२७


नेकपा एमाले गण्डकी प्रदेश कमिटीले ‘लिचि बगैंचा’ घुस प्रकरणमा बिचौलियाको भूमिका खेलेको आरोप लागेका सुजन लामालाई निलम्बन गरेको छ। प्रदेश कमिटीको शनिबार र आइतबार बसेको बैठकले लामालाई निलम्बन गर्ने निर्णय गरेको प्रदेश कमिटी सचिव धनन्जय दवाडीले जानकारी दिए।

लामाले तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तासँग बार्गेनिङ गरेको अडिओ सार्वजनिक भएपछि यो प्रकरण बाहिर आएको थियो। उक्त अडिओ सार्वजनिक भएपछि गुप्ताले मन्त्री पदबाट राजीनामा दिएका थिए।

प्रदेश कमिटी सचिव दवाडीका अनुसार, लामालाई सफाइ नपाउँदासम्म निलम्बन गरिएको छ। लामा प्रदेश कमिटीको सल्लाहकार परिषद् सदस्य थिए। यसअघि प्रदेश कमिटीले उनलाई स्पष्टीकरण सोधेको थियो, तर उनको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै निलम्बनको निर्णय लिइएको हो।

यसैगरी, यो प्रकरणमा मुछिएका प्रदेश विभाग सदस्य के गिरीलाई पनि निलम्बन गरिएको दवाडीले बताए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री