सोमबार, १९ साउन २०८२

पतञ्जली घोटाला प्रकरण: पूर्वमन्त्री सिंह ५० हजार धरौटीमा रिहा

समयपोष्ट २०८२ साउन १८ गते २०:०९

पतञ्जली घोटाला प्रकरणमा विशेष अदालतले पूर्वमन्त्री प्रेमबहादुर सिंहलाई ५० हजार रूपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले आइतबार सिंहसँग ५० हजार धरौटी माग्ने निर्णय गरेको थियो।

आज अदालतमा बयान र थुनछेक बहस भएको थियो। सरकारी वकिलले सिंहलाई थुनामा राखेर कारबाही अघि बढाउनुपर्ने माग गरेका थिए। तर, सिंहका तर्फबाट वरिष्ठ अधिवक्ताद्वय शम्भु थापा र ललित बस्नेतले उनलाई थुनामा राख्न नहुने जिकिर गरेका थिए।

उक्त धरौटी रकम बुझाएपछि पूर्वमन्त्री सिंह रिहा भएका छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री