आइतबार, २ कार्तिक २०८२

शक्तिशाली भूकम्पका बेला चिकित्सकहरूले जारी राखे सर्जरी, हेर्नुहोस् भिडियो

समयपोष्ट २०८२ साउन १४ गते १६:३२

Advertisement

रुसको कामचात्का क्षेत्रको स्वास्थ्य मन्त्रालयले बुधवार एक आश्चर्यजनक भिडियो सार्वजनिक गरेको छ । जसमा ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पका बेला चिकित्सकहरूले सर्जरी गरिरहेको देखिएको छ।

कामचात्का क्यान्सर सेन्टरमा सर्जरी भइरहेको बेला भूकम्पले शल्यक्रिया कक्षलाई बेस्सरी हल्लाएको थियो। भिडियोमा चिकित्सकहरूले बिरामी, सर्जिकल उपकरण र मोनिटरहरूलाई समातेर स्थिर राख्ने प्रयास गरेको देखिन्छ।

कामचात्काका स्वास्थ्यमन्त्री ओलेग मेल्निकोभले खतरनाक अवस्थामा पनि चिकित्सकहरू शान्त र संयमित रहेर बिरामीको साथमा अन्तिमसम्म बसेको बताए। उनले बिरामीको अवस्था हाल राम्रो रहेको जानकारी पनि दिए।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री