कुलमान घिसिङलाई न्युयोर्कमा ग्लोवल हिरो अवार्ड
समयपोष्ट
२०८२ साउन १२ गते ११:२६
नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई अमेरिकाको न्युयोर्कमा ग्लोवल हिरो अवार्डबाट सम्मानित गरिएको छ। उनलाई हामी नेपाली ग्लोवल संस्थाले उक्त अवार्ड प्रदान गरेको हो।
घिसिङ गत शुक्रबारदेखि अमेरिका, वेलायत र युरोपका विभिन्न मुलुकहरूको भ्रमणमा छन्। उनी ती मुलुकहरूमा रहेका नेपाली संघसंस्थाहरूले आयोजना गरेका विभिन्न कार्यक्रम तथा अन्तरक्रिया गोष्ठीहरूमा सहभागी हुन भ्रमणमा गएका हुन्। प्राप्त जानकारीअनुसार उनको यो भ्रमण आगामी एक महिनासम्म चल्ने छ।
प्रतिक्रिया