मंगलबार, ६ साउन २०८२

अवतरणका क्रममा विमानको तीन वटा टायर पड्कियो

समयपोष्ट २०८२ साउन ५ गते १५:४६

मुम्बईस्थित छत्रपति शिवाजी अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार एउटा सम्भावित ठूलो दुर्घटना टरेको छ। कोच्चीबाट मुम्बई आएको एयर इन्डियाको विमान अवतरणका क्रममा रनवेबाट चिप्लिएर बाहिर पुगेको थियो।

अवतरणका क्रममा विमानको तीनवटा टायर पड्किएको र इन्जिनमा समेत क्षति भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। रनवेबाट बाहिर पुगेको विमानलाई पाइलटले कुशलतापूर्वक पुनः रनवेमै ल्याएका थिए। त्यसपछि विमानलाई यात्रु ओराल्ने ठाउँसम्म सुरक्षित रूपमा लगिएको थियो।

विमानमा सवार सबै यात्रु र चालक दलका सदस्यहरू सुरक्षित रहेको पुष्टि भएको छ। उक्त विमानलाई अहिले ‘ग्राउण्डेड’ गरिएको छ र प्राविधिक जाँचपड्तालपछि आवश्यक मर्मत गरिने बताइएको छ।

टायर पड्किएर विमान केही समय रनवेमै घिस्रिएका कारण मुख्य रनवेलाई क्षति पुगेको छ। तत्कालका लागि विमानस्थलको वैकल्पिक रनवेलाई सञ्चालनमा ल्याइएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री