मंगलबार, ६ साउन २०८२

आईएमई लाइफ इन्स्योरेन्सलाई “नेशनल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२४”

समयपोष्ट २०८२ साउन ५ गते ११:४६

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाद्वारा प्रदान गरिने प्रतिष्ठित “नेशनल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२४” अन्तर्गत मेरिट अवार्ड जित्न सफल भएको छ ।

उक्त सम्मान काठमाडौंस्थित होटल र्याडिसनमा आयोजित विशेष समारोहमा प्रदान गरिएको हो । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का र प्रमुख वित्त अधिकृत जगत बहादुर बोहरा ले संयुक्तरूपमा उक्त पुरस्कार ग्रहण गरे ।

आईएमई लाइफले यो सम्मान जित्दै नेपालका जीवन बीमा कम्पनीहरूमा यो अवार्ड प्राप्त गर्ने दुर्लभ संस्थामध्ये एक बन्न सफल भएको छ । अहिलेसम्म यो अवार्ड केवल दुई जीवन बीमा कम्पनीहरूले मात्र प्राप्त गरेका छन् ।

कम्पनीले यस उपलब्धिलाई पारदर्शिता, जवाफदेहीपन, तथा संस्थागत सुशासनमा आधारित व्यवस्थापन अभ्यासको मान्यता र सम्मानका रूपमा लिएको छ । कम्पनीका अनुसार, उसले निरन्तर सहभागितामूलक, समावेशी र उत्तरदायी कार्यशैली, पारदर्शी सूचना सम्प्रेषण, र वित्तीय अनुशासनलाई प्राथमिकतामा राख्दै आएको छ ।

यस अवार्डको अवसरमा कम्पनीले बीमा नियामक निकाय, बीमितहरू, कर्मचारी, साझेदार संस्थाहरू र सरोकारवालाहरूलाई आभार व्यक्त गर्दै भविष्यमा अझ प्रभावकारी, उत्तरदायी र विश्वसनीय जीवन बीमा सेवा प्रदायकको रूपमा अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री