सोमबार, ५ साउन २०८२

कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माण अन्तिम चरणमाः प्रधानमन्त्री

समयपोष्ट २०८२ साउन १ गते १६:५९

प्रधानमन्त्रीे केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माण अन्तिम चरणमा पुगेको बताउनुभएको छ । आज सामाजिक सञ्जालमा उहाँले तोकिएको समयमा ठेकेदार कम्पनीले रङ्गशाला निर्माण सम्पन्न नगरेकाले अहिले हर्जना तिर्दै काम अघि बढाइरहेको उल्लेख गर्नुभएको छ ।

“तीन सिफ्टमा काम गर्दा पनि वर्षालगायत अन्य प्राविधिक कारणले ढिलाइ भएको हुन सक्छ । तर अहिले सरकारले जसरी पनि काममा नतिजा निकाल्न र थिति बसाल्न दण्ड तथा पुरस्कारको व्यवस्था गरेको छ, यो सकारात्मक थलानी हो”, प्रधानमन्त्री ओलीले लेख्नुभएको छ, “सरकारी निर्माणसम्बन्धी भइरहेका अन्य काममा पनि यसलाई पालना गराउन लागेका छौँ ।”

प्रतिक्रिया

सम्बन्धित सामाग्री