मंगलबार, ६ साउन २०८२

रसुवा बाढी : मृतकका परिवारलाई २ लाख क्षतिपूर्ति दिने निर्णय

समयपोष्ट २०८२ असार २५ गते २०:०९

रसुवाको गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर–२ मा रहेको रसुवागढीमा हालै आएको विनाशकारी बाढीमा परेर ज्यान गुमाएकाहरूको परिवारलाई नेपाल सरकारले क्षतिपूर्ति प्रदान गर्ने निर्णय गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टका अनुसार मृतकका परिवारलाई जनही २ लाख रुपैयाँ नगद क्षतिपूर्ति प्रदान गरिनेछ।

यो निर्णय प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार बसेको प्राधिकरणको १४ औँ राष्ट्रिय परिषद्को बैठकले गरेको हो। भट्टले भने, “हामीले मृतकका परिवारलाई २ लाखको दरले क्षतिपूर्ति दिने निर्णय गरेका छौँ। यो रकम पीडित परिवारको राहतका लागि महत्वपूर्ण हुनेछ।”

नेपाल–चीन सीमानजिकैको लेन्दे खोलाबाट भोटेकोशी नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको छ। हालसम्म ९ जनाको शव फेला परेको छ भने १९ जना अझै सम्पर्कविहीन छन्। बाढीले स्थानीय बस्ती, सडक, र अन्य पूर्वाधारमा समेत ठूलो क्षति पुर्‍याएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री