बिहीबार, ६ कार्तिक २०८२

सानिमा रिलायन्सको बीमालेख नवीकरणमा शतप्रतिशत विलम्ब शुल्क छुट

समयपोष्ट २०८२ असार ३ गते ११:१२

Advertisement

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले व्यतीत बीमालेख नवीकरणमा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत छुटसहितको पुनर्जागरण अभियान सुरु गरेको छ। समयमै बीमाशुल्क भुक्तानी गर्न नसकेका ग्राहकहरूलाई लक्षित गर्दै कम्पनीले यो योजना ल्याएको हो।

यो अभियान असार २ गतेदेखि २७ गतेसम्म सञ्चालन हुनेछ। अभियानअन्तर्गत बीमालेख अवधिभित्र एकपटक मात्र ब्याज छुटको सुविधा प्रदान गरिने कम्पनीले जनाएको छ। सामान्य अवस्थामा बीमालेख व्यतीत हुँदा बीमितले रक्षावरण गुमाउनुका साथै अतिरिक्त विलम्ब शुल्क तिर्नुपर्ने हुन्छ। तर, यो योजनामार्फत ग्राहकले विलम्ब शुल्क छुटको फाइदा लिई बीमालेख नवीकरण गर्न सक्नेछन्।

कम्पनीले देशभरका १६९ शाखा कार्यालयहरू तथा अनलाइन भुक्तानीका माध्यमबाट यो योजनामा सहभागी हुन सकिने व्यवस्था गरेको छ। सानिमा रिलायन्सले हरेक नेपालीलाई बीमाको दायरामा ल्याई बीमित र उनीहरूका आश्रितको आर्थिक सुरक्षा सुनिश्चित गर्न जीवन बीमा अपरिहार्य रहेको बताएको छ।

यो अवसरको फाइदा उठाउन कम्पनीले सम्पूर्ण ग्राहकलाई आग्रह गरेको छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री