सोमबार, २ असार २०८२

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

समयपोष्ट २०८२ असार १ गते २२:१४


नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ ।

Advertisement

निगमका अनुसार, पेट्रोलमा प्रतिलिटर रु एकले वृद्धि भएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर रु दुईले वृद्धि भएको छ ।

निगमका अनुसार नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ । नयाँ मूल्य अनुसार अब काठमाडौं, पोखरा र दीपायलमा पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय ६० हुनेछ । यस्तै, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु एक सय ४५ पर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री