प्रतितोला ४ हजार रुपैयाँले बढ्यो सुनको मूल्य
समयपोष्ट
२०८२ जेठ ३० गते ११:०५
आज सुनको मूल्य प्रतितोला ४ हजार रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुनको मूल्य एक लाख ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी २ हजार १ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी २ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया