सोमबार, २३ असार २०८२

सान्भि इनर्जीको आईपीओ बाँडफाँट सम्पन्न,यसरी हेर्नुहोस् नतिजा

समयपोष्ट २०८२ जेठ २६ गते १५:४४

Advertisement

सान्भि इनर्जीको आईपीओ बाँडफाँट सम्पन्न भएको छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको कार्यालय, ठमेल, काठमाडौँमा यो प्रक्रिया सम्पन्न भएको हो।

कम्पनीले जेठ ९ गतेदेखि १३ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २४ लाख १५ हजार ३०० कित्ता आईपीओ निष्काशन गरेको थियो। मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथाद्वारा बाँडफाँट गरिएको छ। जसअनुसार २ लाख ४१ हजार ५३० आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्।

आईपीओको नतिजा हेर्न यहाँ क्लीक गर्नुहोस् : सान्भि इनर्जी आईपीओ नतिजा

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री