सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा मैत्री सेवा आश्रममा खाद्यान्न सामग्री सहयोग
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौँ जिल्लाको मैत्री सेवा आश्रममा खाद्यान्न सामग्री वितरण गरेको छ।
जेष्ठ २१ गते सम्पन्न कार्यक्रममा कम्पनीका क्षेत्रीय प्रबन्धक नरेश थापा र शाखा प्रबन्धक रोजिना मानन्धरको उपस्थितिमा खाद्यान्न सामग्री आश्रमलाई हस्तान्तरण गरिएको हो। हाल उक्त आश्रममा ३० जना आश्रित आमा–बुबाहरू बसोबास गर्दै आइरहेका छन्।
कम्पनीले सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै आगामी दिनहरूमा शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता र विपद् व्यवस्थापनजस्ता क्षेत्रमा योगदान पुर्याउने योजना बनाएको जनाएको छ। नाफामुखी व्यापारसँगै सामाजिक हितलाई अगाडि बढाउने उद्देश्यसहित यस्ता गतिविधिमा सक्रिय भूमिका खेल्ने कम्पनीको भनाइ छ।
सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई अझ प्रभावकारी र समुदायमैत्री बनाउने तयारीमा रहेको कम्पनीले देशभर १६९ शाखा सञ्जालमार्फत सेवा प्रदान गर्दै आएको छ। कम्पनीको हालको चुक्ता पूँजी ५ अर्बभन्दा बढी रहेको छ भने २० अर्बभन्दा बढीको लगानी रहेको छ। साथै, कम्पनीमा २०,००० भन्दा बढी अभिकर्ताहरू संलग्न रहेका छन्।
प्रतिक्रिया