पतञ्जलि जग्गा प्रकरणमा हायात र होटल याक एण्ड यतीका सञ्चालक समेत मुछिए, ५१ लाख रुपैयाँ बिगो दाबीसहित मुद्धा दायर
पतञ्जलि योगपीठ तथा आयुर्वेद विद्यालयको नाममा पास गरिएको जग्गा अनियमितता प्रकरणमा याक एण्ड यती तथा हायात रिजेन्सी होटलका सञ्चालक राधेश्याम सराफ र उनका छोरा अरुण कुमार सराफसहित ९३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ।
दुरुपयोग अनुसन्धान आयोग (अख्तियार) का अनुसार चौताराम प्रालिको नाममा हदबन्दीभन्दा बढी जग्गा दर्ता गराएर पतञ्जलि योगपीठको नाममा पास गराइएको तथ्य फेला परेपछि सराफ परिवारविरुद्ध मुद्दा दायर गरिएको हो। चौताराम प्रालिका सञ्चालकका हैसियतले मृतक राधेश्याम सराफमाथि पनि अभियोग लगाइएको छ।
हाल मृतक राधेश्याम सराफको सट्टा उनका छोरा अरुण कुमार सराफलाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो असुल उपरको प्रयोजनका लागि प्रतिवादी बनाइएको अख्तियारले जनाएको छ।
अख्तियारले सार्वजनिक सम्पत्ति दुरुपयोग गरी आर्थिक लाभ उठाइएको आरोप लगाउँदै सराफ बाबुछोरासहित ९३ जनाविरुद्ध ५१ लाख रुपैयाँ बिगो दाबी गर्दै कैद सजाय माग गरेको छ।
प्रतिक्रिया