शुक्रबार, २३ जेठ २०८२

मधेस सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

समयपोष्ट २०८२ जेठ २३ गते ९:४२

Advertisement

मधेस प्रदेश सरकारले आज प्रदेशसभामा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । प्रदेशसभामा प्रदेशप्रमुख सुमित्रा भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने छ ।

कृषिलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम प्रस्तुत गरिने मधेस नीति आयोग उपाध्यक्ष सोहनप्रसाद साहले राससलाई जानकारी दिनुभयो । नीति तथा कार्यक्रममा विशेषतः शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीलाई प्राथमिकतामा राखिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री