शुक्रबार, २३ जेठ २०८२

प्रभु क्यापिटलले आजदेखि प्रभु सिस्टमेटिक इन्भेष्टमेण्ट स्किमको इकाई बिक्री खुला गर्दै

समयपोष्ट २०८२ जेठ २३ गते ६:४२

Advertisement

प्रभु क्यापिटल लिमिटेडले आज (जेठ २३ गते) देखि प्रभु म्युचुअल फण्डअन्तर्गत सञ्चालित प्रभु सिस्टमेटिक इन्भेष्टमेण्ट स्किम को इकाई सार्वजनिक निष्काशन तथा बिक्री खुला गरेको छ। यो खुलामुखी प्रकृतिको सामूहिक लगानी कोष हो, जसको कुल आकार ४ करोड इकाई रहेको छ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा २५ करोड रुपैयाँ बराबरको २ करोड ५० लाख इकाई बिक्रीमा ल्याएको छ। जसमध्ये ७.५ प्रतिशत अर्थात् ३० लाख इकाई कोष प्रबर्धक प्रभु बैंक र ७.५ प्रतिशत अर्थात् ३० लाख इकाई योजना व्यवस्थापक प्रभु क्यापिटलका लागि सुरक्षित गरिएको छ। बाँकी २ करोड ५० लाख इकाई सर्वसाधारण लगानीकर्ताहरूले आवेदन दिन सक्नेछन्।

लगानीकर्ताहरूले जेठ २७ गतेसम्म यो स्किमको इकाईमा आवेदन दिन सक्नेछन्। यदि उक्त अवधिमा सबै इकाई बिक्री नभएमा असार ६ गतेसम्म आवेदन खुला रहने प्रभु क्यापिटलले जनाएको छ।

यो स्किमको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखाहरूबाट आवेदन दिन सक्नेछन्। साथै, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको ‘मेरो शेयर’ अनलाइन सफ्टवेयरमार्फत सि–आस्बा प्रणाली प्रयोग गरी पनि आवेदन गर्न सकिनेछ।

Advertisement

म्युचुअल फण्डको रेटिङ्गका लागि इक्रा नेपालले कोष प्रबर्धक प्रभु बैंकलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी माइनस प्रदान गरेको छ। त्यस्तै, योजना व्यवस्थापक प्रभु क्यापिटललाई केयर रेटिङ्ग नेपालले केयर एनपी एएमसी क्वालिटि ३ प्लस रेटिङ्ग प्रदान गरेको छ।

यो स्किमले लगानीकर्ताहरूलाई दीर्घकालीन र व्यवस्थित लगानीको अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ। थप जानकारीका लागि प्रभु क्यापिटलको आधिकारिक वेबसाइट वा सम्पर्क कार्यालयमा सम्पर्क गर्न सकिनेछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री