बुधबार, २१ जेठ २०८२

यी हुन् मन्त्रिपरिषद् बैठकका १४ निर्णय (सूचीसहित)

समयपोष्ट २०८२ जेठ २१ गते १५:४४

Advertisement

सरकारले जेठ १५ र १९ गते बसेका मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले विभिन्न विधेयक तर्जुमाका लागि सिद्धान्त स्वीकृत गरिएको जानकारी दिएका छन्।

जेठ १५ गतेको मन्त्रिपरिषद् बैठकले सडक सुरक्षा, हुलाक सेवा, गोरखापत्र संस्थान र राष्ट्रिय समाचार समिति (रासस) सम्बन्धी चारवटा विधेयक तर्जुमा गर्नका लागि सिद्धान्ततः स्वीकृति दिएको हो।

त्यस्तै, मन्त्रिपरिषद्ले मन्त्री, सचिव र मेयरहरूको विदेश भ्रमण स्वीकृत गरेको समेत प्रवक्ता गुरुङले जानकारी दिए। उनका अनुसार जेठ १५ र १९ गतेका बैठकहरूमा गरी कुल ५ वटा निर्णयहरू गरिएको छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री