सुनको मुल्य घट्यो
समयपोष्ट
२०८२ जेठ ४ गते ११:०७
सुनको मूल्य घटेको छ ।
आज सुन प्रतितोला ६ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलाको एक लाख ८४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुन एक लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासङ्घका अनुसार आज चाँदी एक हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया