आइतबार, ४ जेठ २०८२

एपीएफका सहायक निरीक्षक छत्यालद्धारा सगरमाथाको सफल आरोहण

समयपोष्ट २०८२ जेठ ४ गते ११:०३


सशस्त्र प्रहरी बल नेपालका सहायक निरीक्षक दन्तबहादुर छत्यालले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्। उनले आज बिहान ९ः२० बजे ८,८४८.८६ मिटर अग्लो सगरमाथाको चुचुरोमा पुगेर ‘सगरमाथा संवाद’ कार्यक्रमअन्तर्गत सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराएका छन्।

Advertisement

सगरमाथा आधार शिविरमा रहेका समन्वय अधिकृत सशस्त्र प्रहरी निरीक्षक निर्मल बस्नेतमार्फत यो जानकारी प्राप्त भएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले विज्ञप्तिमार्फत जानकारी दिएका हुन्।

छत्यालले यसअघि वैशाख २२ गते ६,११४ मिटर अग्लो लोबुचे हिमालको सफल आरोहणसमेत गरेका थिए। “तराई, पहाड, हिमाल—सीमा सुरक्षामा सशस्त्र प्रहरी बल नेपाल” भन्ने सन्देशसहित उनी ‘सगरमाथा संवाद’ कार्यक्रमअन्तर्गत सशस्त्र प्रहरी बल नेपालको झण्डा लिएर बैशाख १५ गते सगरमाथा आरोहणका लागि प्रस्थान गरेका थिए।

उनी वैशाख १४ गते प्रधानमन्त्री केपी शर्मा ओली र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालबाट सगरमाथा आरोहणको शुभकामनासहित बिदाइ भएका थिए।

सहायक निरीक्षक छत्याल सशस्त्र प्रहरी बल नेपाल नं. १९, बगलामुखी विशेष कार्यदल गण, हलचोकमा कार्यरत छन्।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री