शुक्रबार, २ जेठ २०८२

सगरमाथा संवादमा भारतीय मन्त्री यादवको सम्बोधन: “जलवायु संकटको सामूहिक समाधान आवश्यक”

समयपोष्ट २०८२ जेठ २ गते १३:१९


काठमाडौँमा सुरु भएको सगरमाथा संवाद कार्यक्रममा भारतका वातावरण, वन तथा जलवायु परिवर्तन सम्बन्धी मन्त्री भुपेन्द्र यादवले शुक्रबार उद्घाटन सत्रमा सम्बोधन गरेका छन्। ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ विषयमा आयोजित कार्यक्रममा मन्त्री यादवले हिमाली क्षेत्रहरूमा बढ्दो वातावरणीय संकटबारे गम्भीर चिन्ता व्यक्त गरे।

Advertisement

उनले भने, “हिमाली क्षेत्रमा वातावरणीय संकटको ठूलो भार रहेको छ। भारतमा पनि महत्वपूर्ण हिमाली भूभागहरू छन्, जहाँ हामीले यस्ता प्रभावहरू प्रत्यक्ष रुपमा अनुभव गरेका छौं।”

भारतले हिमाली राज्यहरू तथा त्यहाँका जनताको चिन्तालाई साझा गरेको उल्लेख गर्दै उनले वातावरणीय संकटको समाधानका लागि क्षेत्रीय सहकार्य अपरिहार्य भएको धारणा राखे।

यद्यपि भारतको जलवायु संकट सिर्जनामा न्यूनतम भूमिका रहेको भए पनिप्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारत जलवायु कार्यमा योगदान पुर्‍याउन गहिरो रूपमा प्रतिबद्ध रहेको उनले बताए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री