सोमबार, ५ साउन २०८२

बढ्यो नेप्से परिसूचक, घट्यो कारोबार रकम

समयपोष्ट २०८१ चैत १९ गते १५:३०

बुधबार नेप्से परिसूचक उकालो लागेर बन्द भएको छ। मंगलबार सामान्य अंकको करेक्सनसहित बन्द भएको नेप्सेले बुधबार पुनः वृद्धि हासिल गरेको हो। नेप्से परिसूचक २३.८६ अंकले बढ्दै २७००.०४ विन्दुमा पुगेको छ।

यद्यपि, नेप्से परिसूचकमा वृद्धि भए पनि कारोबार रकम भने घटेको छ। मंगलबार ५ अर्ब ७९ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा बुधबार ३१८ स्टकको ५३ हजार ८८४ पटकको कारोबारमा ५ अर्ब ४४ करोड ४४ लाख ३५ हजार रुपैयाँबराबरको १ करोड ४ लाख ४२ हजार कित्ता शेयर किनबेच भएको छ।

बुधबार एक स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सेन्ट्रल फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा पुगेको हो। त्यस्तै, विशाल बजार कम्पनीको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ भने उपकार ಲघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले उकालो लागेको छ। यता, बोटलर्स नेपाल (बालाजु) को शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। अन्य स्टकहरुको मूल्य गिरावटदर भने ५ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा सिईडिबी होल्डिङ्गस लिमिटेड शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनीको ३६ करोड ५५ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। हिमालयन रि इन्स्योरेन्सको ३५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने ङादी ग्रुप पावरको करिब साढे २७ करोडको शेयर किनबेच भएको छ।

बुधबार १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। व्यापार उपसमूहको परिसूचक सबैभन्दा धेरै ९.४४ प्रतिशतले बढेको छ। वित्त उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी उकालो लागेको छ। यता, उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक भने सबैभन्दा धेरै १.४७ प्रतिशतले घटेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री