मंगलबार, ६ साउन २०८२

एमएडब्लू वृद्धिले भक्तपुरमा संचालनमा ल्यायो पहिलो सोकोन शोरुम

समयपोष्ट २०८१ पुष १० गते १६:५८

नेपालमा सोकोन र फोटोन गाडीका आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धी कमर्शियल प्रा. लि. ले क्रिसमसको अवसरमा भक्तपुरको गट्ठाघरमा आफ्नो पहिलो सोकोन शोरुम भव्य रूपमा उद्घाटन गरेको छ।

शोरुमको उद्घाटन एमएडब्लू समूहका अध्यक्ष विष्णु कुमार अग्रवाल, एसिया प्यासिफिक आरएचडी क्षेत्रका सेरेस ग्रुप कमर्शियल भेहिकल डिभिजनका कन्ट्री म्यानेजर सुन जियाक्सिन, र एमएडब्लू वृद्धी कमर्शियलका सीईओ तुषार गुप्ता लगायत अन्य विशिष्ट अतिथिहरूको उपस्थितिमा सम्पन्न भयो। कार्यक्रममा मिडिया तथा विभिन्न सरोकारवालाहरूको पनि सक्रिय सहभागिता रहेको थियो।

भक्तपुरको गट्ठाघरमा अवस्थित यो शोरुम ग्राहकहरूको आवश्यकता र सुविधालाई प्राथमिकतामा राख्दै डिजाइन गरिएको हो। यहाँ आगन्तुकहरूका लागि सोकोनका नवीनतम इलेक्ट्रिक भेहिकल (ईभी) मोडलहरूको प्रदर्शनीसँगै व्यक्तिगत परामर्श, उत्पादन जानकारी, र परीक्षण ड्राइभको सुविधा उपलब्ध छ। प्रशिक्षित र अनुभवी कर्मचारीहरूले ग्राहकको सहज अनुभवलाई सुनिश्चित गर्ने प्रतिबद्धता गरेका छन्।

उद्घाटन कार्यक्रमको विशेष आकर्षणका रूपमा ११ वटा सोकोन गाडी नयाँ मालिकहरूलाई वितरण गरियो।

भक्तपुरमा शोरुमको उद्घाटनले एमएडब्लू वृद्धिको विस्तार योजनालाई मात्र होइन, कम्पनीको ग्राहक-केन्द्रित सेवाप्रतिको प्रतिबद्धतालाई पनि उजागर गर्दछ। कम्पनीले देशभर पहुँचयोग्य र वातावरणमैत्री अटोमोटिभ समाधानहरू उपलब्ध गराउँदै जाने उद्देश्य लिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री