मंगलबार, ६ साउन २०८२

साहस ऊर्जाको लाभांश घोषणा

समयपोष्ट २०८१ असोज २ गते ११:२४

साहस ऊर्जाले लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समिति बैठकले गत आवको सञ्चित नाफाबाट शेयरधनीका लागि आठ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि०.४२ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपश्चात शेयरधनीले पाउने छन् । लाभांश पारित गर्न कम्पनीले आगामी कात्तिक ४ गते साधारणसभा बोलाएको छ । त्यस्तै कम्पनीले असोज १३ गतेका लागि बुक क्लोजको मिति तय गरेको छ ।

यसैगरी, कम्पनीले बोनस शेयरपछि कायम चुक्तापूँजी ३ अर्ब ७८ करोड रुपैयाँको १ बराबर १ अनुपातमा हकप्रद शेयर पनि निष्कासन गर्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री