आइतबार, ९ कार्तिक २०८२

हिमालयन एभरेष्ट इन्स्योरेन्सको सीईओमा अञ्जु श्रेष्ठ नियुक्त, चार वर्षको कार्यकाल

समयपोष्ट २०८१ भदौ ३० गते १८:४७

Advertisement

हिमालयन एभरेष्ट इन्स्योरेन्सले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अञ्जु श्रेष्ठलाई नियुक्त गरेको छ ।

गत भदौ २७ गतेको निर्णयबाट हाल निमित्त सीईओ पदमा कार्यरत रहेकी श्रेष्ठलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृति भएपछि लागू हुने गरी सञ्चालक समितिले कम्पनीको सीईओमा श्रेष्ठलाई नियुक्त गरेको हो ।

उनको कार्यकाल चार वर्षको हुनेछ ।

Advertisement

गत असार १२ गते बसेको सञ्चालक समितिको बैठकले सीईओ विजय बहादुर शाहलाई असार १३ गते बिहीबारदेखि लागू हुने गरि पदमुक्त गर्दै श्रेष्ठलाई निमित्त सीईओको जिम्मेवारी दिएको थियो।

साबिक हिमालयन जनरल इन्स्योरेन्सबाट निर्जीवन बीमा व्यवसायमा करिअर शुरू गरेकी श्रेष्ठसँग पुनर्बीमा सम्झौता र पुनर्बीमा दाबीको क्षेत्रमा दुई दशक लामो अनुभव छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री