मंगलबार, ६ साउन २०८२

आज पनि घट्यो नेप्से परिसूचक

समयपोष्ट २०८१ भदौ २० गते १५:२३

साताको अन्तिम कारोबार दिन आज नेप्से परिसूचक १२.१० अंक घटेर २७२७.३६ विन्दुमा झरेको छ। आज सेन्सेटिभ इण्डेक्स २.३५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६९ अंक घटेको छ।

नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। हिजो १३ अर्बको शेयर खरिदबिक्री भएको बजारमा आज ३१६ स्टकको १ लाख १२ हजार ६९२ पटकको कारोबारमा ९ अर्ब ६५ करोड १५ लाख १३ हजार रुपैयाँ बराबरको २ करोड १ लाख ५३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज १३ उपसमूहमध्ये लघुवित्त र व्यापार उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन लघुवित्तको उपसमूहको परिसूचक सर्वाधिक १.६८ प्रतिशत बढेको छ भने व्यापार उपसमूहको परिसूचक ०.१६ प्रतिशत बढेको छ। यस दिन लगानी उपसमूहको परिसूचक सर्वाधिक १.३६ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन जलविद्युत उपसमूहको परिसूच्क १ प्रतिशत घटेको छ।

आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक १० प्रतिशत बढेको छ। आज सो लघुवित्तको शेयरमूलय ४७० रुपैयाँ बढेर ५ हजार १७० रुपैयाँमा अन्तिम कारोबार भएको छ। युनिक नेपाल लघुवित्तको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ भने नेष्डो समृद्ध लघुवित्तको शेयरमूल्य करिब साढे ८ प्रतिशत बढेको छ। कारोबारमा आएको नेपाल फाइनान्सको शेयरमूल्य सर्वाधिक ८.९१ प्रतिशत घटेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री