सोमबार, ३ कार्तिक २०८२

नेको इन्स्योरेन्सले ल्यायो विदेश यात्रा गर्नेहरूका लागि नयाँ ‘खेर नजाने यात्रा बीमा योजना’

समयपोष्ट २०८१ भदौ ७ गते ९:३७

Advertisement

नेको इन्स्योरेन्स लिमिटेडले विदेश यात्रा गर्ने ग्राहकहरूका लागि नयाँ यात्रा बीमा योजना ‘खेर नजाने यात्रा बीमा योजना’ सार्वजनिक गरेको छ।

यो योजनाले अन्तर्राष्ट्रिय यात्राका क्रममा हुन सक्ने अप्रत्याशित र आपतकालीन घटनाहरूको जोखिमलाई समेट्ने लक्ष्य राखेको छ।

कम्पनीले प्रस्तुत गरेको यस योजनाका प्रमुख सुविधाहरू निम्नानुसार छन्:

व्यक्तिगत दुर्घटना कवरेज: दुर्घटनाका कारण हुने चोटपटक वा मृत्युको बीमा।

Advertisement

आपतकालीन उपचार र उद्धार खर्च: विदेशमा आकस्मिक उपचार र हवाइ एम्बुलेन्सको व्यवस्था।

शवको सुपुर्दगी: मृत्यु भएमा शवलाई नेपाल ल्याउने खर्च।

परिवार सदस्यको यात्रा खर्च: बीमितसँगै रहेका परिवार सदस्यको आकस्मिक यात्रा खर्च।

लगेज हराएको क्षतिपूर्ती: यात्रा क्रममा हराएको लगेजको क्षतिपूर्ति।

व्यक्तिगत दायित्व कवरेज: कानूनी समस्याहरूको समाधान।


यात्रा ढिलाइ कवरेज:
यात्रा ढिलाइका कारण हुने अतिरिक्त खर्च।

विमान अपहरण कवरेज: अपहरण भएको अवस्थामा आर्थिक सहयोग।

कानूनी खर्च: विदेशमा कानूनी समस्याका क्रममा आवश्यक खर्चको व्यवस्था।

परिवारको आकस्मिक फिर्ती: घरमा परिवारको सदस्यको निधन भएमा फिर्तीको सुविधा।

यसबाहेक, बीमितले विदेश यात्रा पूरा गरेपछि पनि थप महिनौंसम्म स्वास्थ्य उपचार र दोब्बर बीमाको सुविधा प्राप्त गर्न सक्नेछन्। नेको इन्स्योरेन्सले यस योजनाबाट यात्राको सुरक्षा र सुविधा सुनिश्चित गर्ने लक्ष्य राखेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री