सोमबार, ३ कार्तिक २०८२

१०८.११ प्रतिशतले बढ्यो यूनाइटेड अजोड इन्स्योरेन्सको खुद नाफा

समयपोष्ट २०८१ साउन ३० गते ८:४८

Advertisement

यूनाइटेड अजोड इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ३८ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

अघिल्लो आर्थिक वर्ष २०७९।८० को चौथो त्रैमाससम्ममा कम्पनीले १८ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको खुद नाफामा १०८.११ प्रतिशतले बढेको हो ।

कम्पनीले २ अर्ब ६८ करोड ७४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। २०८० असार मसान्तसम्ममा कम्पनीले १ अर्ब ६९ करोड ९लाख कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन ५८.९३ प्रतिशतले बढेको छ।

Advertisement

समीक्षा वर्षमा कम्पनीले १ अर्ब २० करोड ९२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा खुद बीमाशुल्क आर्जन ६६.९३ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष कम्पनीले ७२ करोड ४४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) बढेर १८.३५ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष वार्षिक ईपीएस १५.५८ रुपैयाँ थियो। पीई रेसियो ३२.६२ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ११७.७२ रुपैयाँ रहेको छ।

शेयर पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको कम्पनीको स्पेसल रिजर्भमा ९८ करोड ९७ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १३ करोड १३ लाख रुपैयाँ र महाविपत्ति कोषमा ४ करोड ३२ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष स्पेसल रिजर्भमा ७९ करोड ७१ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १५ करोड ७९ लाख रुपैयाँ र महाविपत्ति कोषमा ३ करोड ३६ लाख रुपैयाँ थियो। अन्य इक्विटीमा भने ४६ करोड ६७ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष अन्य इक्विटीमा ६८ करोड ४५ लाख रुपैयाँ थियो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री